Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Saturday, Bhadra 27, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कार्यालय प्रमुख र सूचना अधिकारीसँग ९ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

2075-11-12 2075-11-12

52605581_2018122374983500_5643349184540049408_n.jpg Images :

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजना र एकिकृत ग्रामिण विकास समाज, सुशासन प्रवर्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँची र पारस्परिक जवाफदेहिता परियोजनाको सहयोग तथा समन्वयमा अर्घाखाँची जिल्लास्थित ४० वटा सरकारी कार्यालयहरुका कार्यालय प्रमुख,  सूचना अधिकारी र सञ्चारकर्मीको सहभागितामा "सुशासन प्रवर्धनका लागि पारदर्शिता" विषयक एकदिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा सरकारी कार्यालयहरुले ३-३ महिनामा स्वत: प्रकाशन गर्नुपर्ने विवरण सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी श्री बिष्णुराज बेल्बासे र अर्घाखाँची जिल्लास्थित ६ वटा स्थानीय तहहरुको सूचनाको हक कार्यान्वयन सम्बन्धमा एकिकृत ग्रामिण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत श्री बसन्त श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले अर्घाखाँची जिल्लालाई सुशासन प्रवर्धनमा उदाहरणीय जिल्ला बनाउने प्रयास गर्न आग्रह गर्नु भयो । प्रचलित ऐनले तोके भन्दा बढी सूचनाहरु गोप्य राख्नुपर्ने अवस्था नरहेको भन्दै सबै नागरिक सरोकारवाला भएकोले सबै नागरिकको सूचनामा सहज पहुँच हुनुपर्ने बताउनुभयो ।

सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुले छलफल पश्चात ९ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रम ग्रामिण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत श्री बसन्त श्रेष्ठको सञ्चालन, पारस्परिक जवाफदेहिता परियोजनाका अध्यक्ष श्री हृदय भुसालको स्वागत मन्तव्य र प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Last Updated : 2083-05-25 11:04:32

© All Rights Reserved to District Administration Office, Arghakhanchi