Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Saturday, Bhadra 27, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

सुपा देउराली र नरपानीः मदिरा निषेधित क्षेत्र

2075-05-17 2075-05-17

मिति २०७५।५।१७ गते प्रमुख जिल्ला अधिकारी खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वडा नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रसिद्ध धार्मिक र पर्यटकिय क्षेत्र सुपा देउराली र नरपानी क्षेत्रको वृहत्तर हित र श्रीवृद्धिको लागि सो क्षेत्रमा मदिरा निषेधित गरी धार्मिक महिमा र महत्वलाई अझ बढी बृद्धि गर्ने पवित्र उद्देश्यले आयोजित बैठकमा जिल्ला समन्वय समितिका उप-प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख ठाकुर कुमार वि.क., शितगंगा नगरपालिकाका उप-प्रमुख टिका रेश्मी, अनुसन्धान उप-निर्देशक गोपाल पन्थी, नि.प्र.ना.उ. खिम बहादुर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि जनार्दन खनाल, पिताम्बर भुसाल, नेपाली काङ्ग्रेसका सभापती विष्णु प्रसाद खनाल (मुस्कान), राष्ट्रिय जनमोर्चाको प्रतिनिधि जिवलाल पौडेल, नेपाली काङ्ग्रेस महासमिति सदस्य केशव श्रेष्ठ, स.प्र.जि.अ. विक्रम थापा, सन्धिखर्क नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण आचार्य, सुपा देउराली संरक्षण समितिका अध्यक्ष एवं सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष पृतम बहादुर थापा, अन्तर पार्टी महिला सञ्‍जालका सचिव सुशिला गैरे, उद्योग वाणिज्य संघको तर्फबाट नेत्र प्रसाद भुसाल, पत्रकार महासंघको अध्यक्ष हिम बहादुर जी.सी. (लेकाली), उपाध्यक्ष गणेश खनाल लगायतको उपस्थिति रहेको थियो ।

विगत केही समयदेखि देशका विभिन्न भागबाट सुपादेउराली दर्शन गर्न आउने विभिन्न व्यक्ति र समूहहरूबिच मदिरा सेवन गरी हो-हल्ला, झै-झगडा र झडप जस्ता उच्श्रृङ्‍खल र अवाञ्छनिय गतिविधि दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विशेष पहल गर्दै सर्वपक्षीय र सर्वदलीय बैठक मार्फत सो क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो । बैठकमा उपस्थित सम्पूर्ण सरोकारवालाबाट यो अभियानलाई सफल तुल्याई सुपा देउराली र नरपानी क्षेत्रको पर्यटन विकास मार्फत समृद्धि हासिल गर्न एकजुट भई लाग्ने प्रतिवद्धता प्रकट गरिएको छ ।

Last Updated : 2083-05-25 11:04:32

© All Rights Reserved to District Administration Office, Arghakhanchi