Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Saturday, Bhadra 27, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

शितगंगा-१० सिद्धारामा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

2076-02-12 2076-02-12

FB_IMG_15588323970887121.jpg Images :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा शितगंगा नगरपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७६।०२।११ र १२ गते शितगंगा नगरपालिकाको बाघखोर स्थित जनजागृती माध्यामिक विद्यालयको प्रांगणमा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्वाचन कार्यालय, अर्घाखाँची अस्पताल, अर्घाखाँची आयुर्वेद केन्द्र, आँखा उपचार केन्द्र सहितका जिल्ला स्थित विभिन्न कार्यालय र शितगंगा नगरपालिकाको कार्यालय लगायतका कार्यालयको सहभागिता रहेको उक्त एकिकृत घुम्ति सेवा शिविरमा २५,००० जना भन्दा बढि नागरिकहरूले विभिन्न कार्यालयबाट प्रत्यक्ष सेवा प्राप्त गरेका थिए । विभिन्न निकायहरूबाट प्रदान गरिएको सेवाप्रबाहको विवरण देहाय बमोजिम रहेको छ ।

एकिकृत घुम्ती सेवा शिविरमा प्रदान गरिएको सेवा प्रवाहको विवरण

क्र. स.

कार्यालय

कार्यविवरण

कार्यप्रगति

१.

जिल्ला प्रशासन कार्यालय

नागरिकता वितरण

४८३

२.

अर्घाखाँची अस्पताल

निशुल्क स्वास्थ्य सेवा

४२१

३.

स्वास्थ्य कार्यालय

पाठेघर खस्ने समस्या तथा पाठेघरमा रिङ्ग पेशरी राख्‍ने

पाठेघरको मुखको क्यान्सर तथा फिस्टुलाको निःशुल्क स्क्रिनिङ्ग

३०

४.

नेपाल हृदयरोग निवारण प्रतिष्ठान

निःशुल्क मुटु रोग परीक्षण

१०३

सुगर परीक्षण

३०

ईको, ई.सि.जि.

१७

५.

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र

निःशुल्क स्वास्थ्य सेवा

१८८

सुगर रोग परीक्षण सेवा

*

६.

आँखा उपचार केन्द्र

निःशुल्क आँखा स्वास्थ्य सेवा

१५०

७.

जिल्ला निर्वाचन कार्यालय

फोटो सहितको मतदाता नामावली सङ्कलन

३७४

८.

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय

लागू औषध तथा मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान लगायतका विषयमा अनुशिक्षण

सम्पन्न

९.

शितगंगा नगरपालिका

अपाङ्गता परिचयपत्र वितरण

१५

ज्येष्ठ नागरिक परिचयपत्र वितरण

५९

१०.

शितगंगा पशु सेवा शाखा

परामर्श सेवा

२०८

११.

डिभिजन वन कार्यालय

वन डढेलो नियन्त्रण तथा मानव वन्यजन्तु सम्बन्धी अन्तरक्रिया

सम्पन्न

कटान सहमती वितरण

२ वटा सा.व.उ. स.

Last Updated : 2083-05-25 11:04:32

© All Rights Reserved to District Administration Office, Arghakhanchi