Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

२०७५ पौष २५ को निर्णय

2075-09-25

2075-09-25


आज मिति २०७५।०९।२५ गतेका दिन प्रतिनिधी सभा सदस्य माननीय श्री टोप बहादुर रायमाझी एंव प्रदेश सभा सदस्य माननीय श्री चेत नारायण आचार्यको विशेष उपस्थिति र प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा भएका निर्णयहरु देहाय बमोजिम रहेका छन् ।

निर्णयहरु :

  1. यस अर्घाखाँची जिल्लामा विपद व्यवस्थापन सम्बन्धमा हाल सम्म भए गरेको कार्य सम्बन्धमा समिक्षा भयो ।
  2. चालु आ.व. २०७५ साल श्रावण देखि हाल सम्म बाढी, पहिरो, हावाहुरी, आगलागी लगायतका विपदबाट प्रभावित ५९ जना विपद पिडितहरूलाई मापदण्ड अनुरूप वितरित राहत  रू ३५३५००।– (तीन लाख त्रिपन्न हजार पाँच सय) अनुमोदन गर्ने ।
  3. यस जिल्लाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना (DPRP)लाई २ महिना भित्र परिमार्जन गरी आगामी बैठकमा पेश गर्न देहाय बमोजिम एक उपसमिति गठन गर्ने निर्णय गरियो :
    1. संयोजक सभापति नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची
    2. सदस्य प्रतिनिधि जिल्ला समन्वय समिति अर्घाखाँची
    3. सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
  4. यस जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूले आवश्यकता अनुसार जिल्ला विपद व्यवस्थापन समितिसंग समन्वय गरी स्थानीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) तर्जुमा गर्ने  ।
  5. यस जिल्लामा भुकम्प, बाढी, पहिरो, भुक्षयका कारण जोखिममा रहेका बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा एकिकृत, सुरक्षित तथा योजनावद्ध वस्ति विकास गर्ने प्रयोजनको लागि सबै स्थानीय तहले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्राविधिक सहयोग समेत लिई जोखिममा रहेका स्थान र एकिकृत बस्ती बसाल्न सकिने संभाव्य स्थानको पहिचान गर्ने । सबै नगरपालिका तथा गाउँपालिकाहरूले प्रत्येक वडाहरूमा एक/एक वटा हेलीप्याड निर्माण गर्ने । उक्त कार्यमा जिल्ला स्थित सुरक्षा निकायहरूले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलव्ध गराउने ।
  6. विपदमा खोज उद्दार लगत्तै जोखिममा रहेका विपद प्रभावितहरूलाई सुरक्षित आश्रयस्थलमा राख्न पर्ने हुदा सो प्रयोजनको लागि सबै नगरपालिका तथा गाउँपालिकाहरूले उपयुक्त संभाव्य खुल्ला स्थानहरूको पहिचान गरी त्यस्ता स्थानहरूको संरक्षण र व्यवस्थापन गर्ने ।
  7. तोकिएका विभिन्न विषयगत क्षेत्रका प्रमुख निकाय (Cluster Head) हरूले २ महिना भित्र आ-आफनो Cluster को Contingency Plan  तयार गर्ने ।
  8. विपदमा तत्काल खोज, उद्दार तथा राहत वितरण गर्न पूर्वतयारीको रूपमा आवश्यक उपकरण, औजार, खाद्य तथा गैर खाद्य सामग्री भण्डारण गर्नु पर्ने र यसरी भण्डारण गर्न यस जिल्लामा स्थानको अभाव रहेकोले खोज, उद्दार तथा राहत सामग्री भण्डारण गृह स्थापना गर्न आवश्यक बजेट व्यवस्था हुन लागत अनुमान समेत तयार गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ५ संग अनुरोध गर्ने ।
  9. विपदमा खोज तथा उद्दारको लागि अग्रपङ्तिमा खट्ने सुरक्षा निकायहरूलाई अत्यावश्यक पर्ने खोज तथा उद्दार सामग्री व्यवस्था गरिदिन अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई अनुरोध गर्ने ।
  10. हिउदको समयमा हुन सक्ने आगलागी तथा बन डढेलो नियन्त्रण गर्न सबै नगरपालिका तथा गाउँपालिका र डिभिजन वन कार्यालय अर्घाखाँचीले स्थानीय एफएमहरू मार्फत चेतनामुलक सूचना तथा सन्देश प्रशारण गर्ने । डिभिजन वन कार्यालयले सबै वनरक्षकलाई आआफ्नो कार्यक्षेत्रमा नियमित तथा चनाखो रही खट्ने व्यवस्था मिलाउने । यस सम्बन्धमा नगरपालिका तथा गाउँपालिका, सबै सामुदायिक वनहरूसंग समन्वय तथा अनुगमन गर्ने व्यवस्था डिभिजन वन कार्यालयले मिलाउने ।
  11. रामवाण गुल्म नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीवल नेपाल (गुल्म नं ३६) ले अग्निनियन्त्रक सामग्री र QRT  तयारी अवस्थामा राख्ने ।
  12. सन्धिखर्क नगरपालिकाले वारूणयन्त्र (दमकल)को मर्मतसंभार गरी चालक सहित तयारी अवस्थामा राख्ने ।
  13. यस जिल्ला राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट भैरहेको पुननिर्माण कार्यलाई थप तिव्रता दिन सम्बन्धित सबैबाट आवश्यक सहयोग र समन्वय गर्ने ।
  14. विपद व्यवस्थापनमा संलग्न हुने सबै निकायहरूले आवश्यक समन्वयको लागि एक/ एक जना फोकल पर्सन तोकी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने ।
  15. यहि आगामी माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने ।यसको लागि पूर्वतयारी गर्न सहायक प्रमुख जिल्ला अधिकारी श्री विक्रम थापाको संयोजकत्वमा राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ, नेपाल पत्रकार महासंघका सभापति र नेपाल रेडक्रस सोसाइटीबाट एक-एक जना प्रतिनिधि रहेको उपसमिति गठन गर्ने

Last Updated : 2083-02-19 13:27:02

© All Rights Reserved to District Administration Office, Arghakhanchi .