यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण
2075-09-09
2075-09-09
आज मिति २०७५-०९-०९ गते सोमबारका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।
निर्णयहरु:
- अर्घाखाँची जिल्लामा सार्वजनिक यातायात प्रभावकारी एवं व्यवस्थित रूपले सञ्चालन गर्ने सम्बन्धमा विगतमा भएका विभिन्न बैठकद्वारा गरिएका निर्णयको कार्यान्वयनको अवस्था समिक्षा गरियो ।
- सवारी दुर्घटना जोखिमको न्यूनिकरण गर्न जिल्ला स्थित सबै यातायात व्यवसायीहरूले तत्परता देखाउने, विगतमा भएका निर्णयहरूलाई प्रभावकारी रूपमा शिघ्र कार्यान्वयन गर्ने र सो को प्रभावकारिता १ महिनाभित्र बस्ने अर्को बैठकमा पेश गर्ने ।
- सुरक्षा निकायहरूबाट सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि थप निगरानी, चेकजाँच र कारवाही गर्ने ।
