2076-11-15
2076-11-15
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा कार्यालयको अर्द्धवार्षिक कार्यप्रगति प्रस्तुतिकरण र शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र विकास निर्माणका सम्बन्धमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य माननीय चेत नारायण आचार्य, माननीय रामजी घिमिरे, माननीय निर्मला क्षेत्री, माननीय जाल्पा भुसाल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, त्यसैगरी जिल्ला स्थित विभिन्न संघ/संस्थाका अध्यक्ष/प्रतिनिधि, कार्यालय प्रमुखहरू र पत्रकारहरूको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयको अद्धवार्षिक कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न, सुशासन प्रवर्द्धन गर्न र विकासात्मक गतिविधिहरूमा जिल्ला प्रशासन कार्यालयले खेल्दै आएको समन्वयात्मक भूमिका, देखिएका जटिलता र समाधानका उपाय सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रकाश पार्नुभएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
Powered By: ProActive Developers