Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कारागार कार्यालयमा ४४० थान पुस्तक हस्तान्तरण

२०७६-०३-२७ २०७६-०३-२७

IMG_20190712_081619.jpg तस्बिर :

आज मिति २०७६/०३/२७ गते कारागार कार्यालय अर्घाखाँचीका कैदीबन्दीहरुका लागि जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. १३ कालिकानगर स्थित Team NEPO नामक गैह्र सरकारी संस्थाको तर्फबाट ४४० थान पुस्तक उपलब्ध गराईएको छ । आज एक समारोहको बिच हस्तान्तरण गरिएका पुस्तकहरु साहित्य, दर्शन, धर्म-संस्कृति लगायतका विभिन्न विधाका रहेका छन्। अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा आज भएको पुस्तक हस्तान्तरण कार्यक्रममा उक्त संस्थाका अध्यक्ष निगम पौडेलले प्रमुख जिल्ला अधिकारी मार्फत निमित्त जेलर कृष्ण प्रसाद आचार्यलाई उल्लेखित पुस्तकहरु हस्तान्तरण गर्नु भएको थियो ।पुस्तक हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष निगम पौडेल र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि.सी. (लेकाली) ले मनतव्य राख्नु भएको थियो ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारका कैदी/बन्दीहरुको हितको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भई आएको र यही शिलशिलामा Team NEPO सँग समन्वय गरी कैदी/बन्दीहरुको लागि पुसुतकहरु उपलब्ध गराईएको जानकारी गराउनुभयो । प्राप्त पुस्तकहरुको अभिलेख राखी कारागारका कैदी/बन्दीहरुको माग र चाहना अनुरुप अध्ययन गर्न उपलब्ध गराईने र भविष्यमा थप पुस्तक जुटाउनका लागि प्रयास गरिने निमित्त जेलर कृष्ण प्रसाद आचार्यले सो अवसरमा जानकारी दिनुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .