Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना अधिकारी र सञ्‍चारकर्मीबीच अन्तरक्रिया सम्पन्न

2076-05-10

2076-05-10


69375284_398700454166680_261226774300459008_n.jpg तस्बिर :

१२ औं राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना अधिकारी र सञ्‍चारकर्मी बीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र पारस्परिक जवाफदेहिता  परियोजना, सुशासन प्रवर्द्धनका लागि जिल्लास्तरिय नागरिक सञ्‍जाल र एकिकृत ग्रामिण विकास समाज अर्घाखाँचीको सहयोग तथा समन्वयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सूचनाको हक मौलिक हक भएकोले यसको कार्यान्वयन गर्न जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूलाई निर्देशन दिनुभयो । प्र.जि.अ. पौडेलले सूचना अधिकारीलाई कुनै समस्या भएमा जानकारी गराउनु पर्ने र ऐन बमोजिम सूचना माग भएमा तोकिएको समयमा तोकिएको ढाँचामा उपलब्ध गराउने दायित्व सूचना अधिकारीको भएको बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी. लेकालीले सूचना सुशासन र विकासको मेरूदण्ड भएको बताउनु भयो । सो कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी बिष्णुराज बेल्बासे र एकिकृत ग्रामिण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सूचनाको हकको कार्यान्वयनको अवस्था र चुनौतीको बारेमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको सञ्‍चालनमा सम्पन्न भएको थियो ।     

पछिल्लो अपडेट गरिएको : 2080-02-09 09:55:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers