Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारी र सञ्‍चारकर्मीबीच अन्तरक्रिया सम्पन्न

२०७६-०५-१० २०७६-०५-१०

69375284_398700454166680_261226774300459008_n.jpg तस्बिर :

१२ औं राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना अधिकारी र सञ्‍चारकर्मी बीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र पारस्परिक जवाफदेहिता  परियोजना, सुशासन प्रवर्द्धनका लागि जिल्लास्तरिय नागरिक सञ्‍जाल र एकिकृत ग्रामिण विकास समाज अर्घाखाँचीको सहयोग तथा समन्वयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सूचनाको हक मौलिक हक भएकोले यसको कार्यान्वयन गर्न जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूलाई निर्देशन दिनुभयो । प्र.जि.अ. पौडेलले सूचना अधिकारीलाई कुनै समस्या भएमा जानकारी गराउनु पर्ने र ऐन बमोजिम सूचना माग भएमा तोकिएको समयमा तोकिएको ढाँचामा उपलब्ध गराउने दायित्व सूचना अधिकारीको भएको बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी. लेकालीले सूचना सुशासन र विकासको मेरूदण्ड भएको बताउनु भयो । सो कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी बिष्णुराज बेल्बासे र एकिकृत ग्रामिण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सूचनाको हकको कार्यान्वयनको अवस्था र चुनौतीको बारेमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको सञ्‍चालनमा सम्पन्न भएको थियो ।     

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .