Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०७५-०७-०८ २०७५-०७-०८

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजनामा समृद्ध अर्घाखाँची निर्माणका लागि सरोकार वाला पक्षहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि पूर्व उप-प्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी, विशिष्ट अतिथिहरूमा राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का (उज्वल), प्रदेश नं. ५ प्रदेश सभा सदस्य माननीय चेतनारायण आचार्य, माननीय रामजी घिमिरे, माननीय जालपा भुसाल, ने.क.पा. का जिल्ला नेता तोज बहादुर रायमाझी (विधान), ने.का. जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), रा.ज.मो. उपाध्यक्ष जिवलाल पौडेल, निर्माण व्यवसायी संघ अर्घाखाँची ऋषि अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायत जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, विकास सम्वद्ध कार्यालयका कार्यालय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्लामा अघिल्लो आ.व. मा विकास निर्माणका क्षेत्रमा के-कस्तो प्रगति हासिल भयो ? चालु आ.व. मा के-कस्ता विकास गतिविधिहरू सञ्‍चालन हुँदैछन ? विकासमा अवरोधहरू के-के हुन सक्छन् र निराकरणका लागि सरोकारवालाहरूको के कस्तो भूमिका रहन्छ भन्ने विषयमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय आफैमा विकास निर्माणसँग सम्बन्धित कार्यालय नभए पनि जिल्लाको समग्र विकासको लागि समन्वयकारी भूमिका खेल्ने महत्वपूर्ण निकाय भएकोले यस कार्यालयबाट जिल्ला भित्र सञ्‍चालन हुने विकास निर्माणको नियमित रूपमा स्थलगत अनुगमन, नियमन एवं पृष्ठ पोषणका कार्यहरू भई रहेका छन् । गुणस्तरहीन कार्य गर्ने र काममा ढिलाई गरी विकास नै अवरूद्ध पार्ने कार्यमा संलग्न ठेकेदारहरूलाई कारवाहीको दायरामा ल्याउने साथै अर्घाखाँची जिल्लाको वृहत्तर हित र विकासका लागि सरोकारवाला निकायसँग नियमित रूपमा छलफल र अन्तर्क्रिया गर्दै आएको छ । यही कार्यको निरन्तरता स्वरूप यो अन्तर्क्रिया सम्पन्न भएको हो ।

अन्तर्क्रिया कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले पेश गरेको प्रगति प्रतिवेदन, भावी योजना तथा रणनीतिका सम्बन्धमा व्यापक छलफल र अन्तर्क्रिया भएको थियो । सबै स्थानीय तहले आफु जनताको स्थानीय सरकारको प्रत्यक्ष अनुभुती गर्ने गरी सार्वजनिक सेवा प्रवाह गर्ने र आर्थिक सामाजिक र भौतिक विकासका उपलब्धीहरू हासिल गर्ने दिशामा अघि बढ्ने गरी कार्य  गर्ने र सरोकारवाला सबैले आवश्यक साथ दिने प्रतिवद्धता व्यक्त गरियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय टोप बहादुर रायमाझीले विकाससँग सम्बद्ध संघ एवं प्रदेश अन्तर्गतका सबै कार्यालयलाई दिगो विकासका लागि मितव्ययी र प्रभावकारी ढङ्गले अघि बढ्न निर्देशन दिदै समग्र अर्घाखाँचीको समृद्धिको लागि सबै जनप्रतिनिधि एवं सरोकारवालाहरूलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नु भएको थियो ।  कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का (उज्वल), प्रदेश सभा सदस्य माननीय चेतनारायण आचार्य, माननीय रामजी घिमिरे र माननीय जालपा भुसालले राष्ट्रसेवक कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरूमा देखिएका कमी कमजोरी औल्याउँदै सुधारका लागि आवश्यक सल्लाह, सुझाव र निर्देशन दिनु भएको थियो । साथै सम्पूर्ण सरोकारवालाहरूलाई समृद्धि र विकासका लागि आ-आफ्नो दायित्व र जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गर्नु पर्ने बताउँदै विकासका अवरोध हटाउने र जो कोही अवरोधक भए पनि कारवाहीको दायरामा ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

अर्घाखाँची बासीको बृहत्तर हित र समृद्धिको लागि विकास निर्माणलाई प्रभावकारी ढंगबाट अगाडी बढाउने कार्यमा मार्गप्रशस्त गर्न आयोजित कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउनु हुने प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरू प्रति आभार प्रकट गर्दै कार्यक्रममा सक्रिय सहभागिकताका लागि सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभाध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालले विकास र समृद्धिका लागि आफु र आफ्नो संस्था सदैव क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम स.प्र.जि.अ. बिष्णुराज बेल्बासेको स्वागत मन्तव्य र स.प्र.जि.अ. विक्रम थापाको सञ्‍चालनमा सम्पन्न भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .