Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

2076-03-06

2076-03-06


64633782_1698106677000212_2092157116243509248_n.jpg तस्बिर :

अन्तर्राष्ट्रिय योग दिवस २१ जुनको उपलक्ष्यमा यस अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइयो । अन्तर्राष्ट्रिय योग दिवस २१ जुन जिल्ला आयोजक समितिको आयोजनामा आज २०७६।०३।०६ गते बिहान ५:३० बजे स्थानीय सिद्देश्वर शिवालय मन्दिरमा भेला जम्मा भई पतञ्‍जली योग समितिको आयोजनमा प्रोटोकल (नमूना सुक्ष्म योग) प्रदर्शन पश्चात विभिन्न नारा र प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न भयो । प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा संक्षिप्त सभाको आयोजना गरियो । प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न सो सभाको अवसरमा नमूना योग अभ्यास (सूर्य नमस्कार, मयुरासन, सर्वाङ्गासन) प्रदर्शन, योग सम्बन्धी गीत प्रस्तुतिकरण र कविता वाचन गरिएको थियो । करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख श्री पिताम्वर शर्मा भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2080-02-09 09:55:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers