Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रम सहित २१ औं भूकम्प सुरक्षा दिवस सम्पन्न

२०७५-१०-०२ २०७५-१०-०२

IMG_20190116_091644.jpg तस्बिर :

 “विपद्‍बाट सुरक्षित हुने नागरिक अधिकारः पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार भन्ने मूल नाराका साथ २१ औं भूकम्प सुरक्षा दिवस, २०७५ सन्धिखर्कमा भूकम्प सुरक्षा प्रभातफेरी, भूकम्प सुरक्षा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर लगायतका कार्यक्रम गरी मनाईयो । स्थानीय शान्ति बगैंचाबाट भूकम्प सुरक्षा सम्बन्धी ब्यानर र प्ले कार्ड सहित शुरू भएको प्रभातफेरी बैङ्क रोड - मिडिया चोक - हललाईन - बसपार्क - चुत्रावेशी बजार हुँदै पुनः शान्ति बगैंचामा आई संक्षिप्त सभामा परिणत भएको थियो । प्रभातफेरी पश्‍चात जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख श्री पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता र सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार वि.क. विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्री युवराज श्रेष्ठ, प्र.ना.उ. श्री नवराज मल्ल लगायत सबै सुरक्षा निकायका प्रमुखहरू र सुरक्षाकर्मीहरू, पत्रकार महासंघका अध्यक्ष श्री हिम बहादुर जि.सी. लेकाली लगायतका सञ्‍चारकर्मीहरू, सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला स्थित अन्य सबै सरकारी कार्यालयका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारीहरू, उद्यमी व्यवसायीहरू र विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा १ मिनेट मौन धारण गरी श्रद्धान्जली अर्पण गरिएको थियो । भूकम्पबाट हुने जोखिम र क्षतिलाई न्यूनिकरण गर्न कार्यक्रममा उपस्थित सबै सहभागीबाट प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरि प्रतिबद्धता जनाईएको थियो ।  कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्रमुख श्री पिताम्बर शर्मा भुसाल र नगर उपप्रमुख श्री ठाकुर कुमार वि.क. ले भूकम्पको जोखिमबाट बच्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने र यसका लागि सचेतना जगाउने कार्यक्रम संचालन गर्नुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको र यसले ठूलो मानवीय एवं भौतिक क्षति गर्न सक्ने भएकोले समय मै सचेत भई जोखिम एवं क्षति न्यूनिकरणका उपायहरू अवलम्बन गर्न र भूकम्पीय जोखिम र क्षतिलाई न्यूनिकरण गर्ने दिशामा सदैव लाग्न अनुरोध गर्नुभयो । कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी श्री विक्रम थापाको सञ्‍चालनमा सम्पन्न भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .