2075-11-12
2075-11-12
तस्बिर :
प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछाने लगायतको टोलीबाट यहि मिति २०७५।११।११ गते शीतगंगा नगरपालिका वडानं ८ सातमारा स्थित अस्थायी प्रहरी चौकी सातमाराको निरीक्षण/अनुगमन भएको छ । प्रमुख जिल्ला अधिकारी, प्रनाउ श्री नवराज मल्ल प्रअअ, श्री लक्ष्मण चौधरी र प्रनि श्री गणेश बहादुर नराल समेतको टोलीबाट भएको उक्त निरीक्षण/अनुगमनको क्रममा स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, उद्यमी व्यवसायी, नागरिक समाज लगायत सर्वसाधारण नागरिकहरूवीच त्यस क्षेत्रको शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र त्यस क्षेत्रका विविध समस्याहरूको बारेमा अन्तरक्रिया/छलफल समेत गरिएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .