Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कारागार निरीक्षण/अनुगमन सम्पन्न

२०७६-०३-१८ २०७६-०३-१८

प्रदेश सरकार, प्रदेश नं. 5 प्रदेश मामिला तथा कानून समितिका संयोजक मा. भोज प्रसाद श्रेष्ठ, सदस्य मा. रमा अर्याल, सदस्य मा. भगवती देवी भण्डारी समेतको संसदीय टोलीले मिति 2076/03/17 गते अर्घाखाँची सन्धिखर्क स्थित कारागारको निरीक्षण अनुगमन सम्पन्न गरेको छ । निरीक्षण/अनुगमनको क्रममा मा. सांसदहरुले कारागारका कैदी/बन्दीहरुसँग अन्तरक्रिया गर्नु भएको थियो । सो पश्चात जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कारागार सम्बन्धी विविध विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको थियो । उक्त अनुगमनको अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारको विद्यमान अवस्था, समस्या र समस्या समाधानको लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग गरेको अपेक्षाका बारेमा संक्षिप्त प्रस्तुतिकरण गर्नु भएको थियो । सो अन्तरक्रियामा प्रदेश सभाका मा. सांसदहरुले हालको कारागारलाई सन्धिखर्क नगरपालिका लगायत सरोकारवालासँग समन्वय गरी अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण गर्दा उपयुक्त हुने सुझाव राख्नुभएको थियो । सो अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि.सी.(लेकाली) समेतको सहभागितामा सम्पन्न भएको थियो ।  

 

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .