Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यलय प्रमुखहरूको नियमित बैठक सम्पन्न

२०७५-०६-०४ २०७५-०६-०४

श्रीमान प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको नियमित बैठक आज मिति २०७५।६।४ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भयो । बैठकमा प्रमुख जिल्ला अधिकारीज्यूबाट नागरिकलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन भयो । विगत समयमा यस जिल्लामा चितुवाको आक्रमणबाट धेरै बालबालिकाको ज्यान गएको र केहीलाई घाईते बनाएको हुँदा त्यस्ता जोखिमपूर्ण ठाउँहरूको पहिचान गरी स्थानीय तहहरूसँग समन्वय गर्दै झाडी सरसफाई, खोर व्यवस्थापन, जनचेतना फैलाउने कार्यक्रम सञ्‍चालन गर्न तथा पिडितलाई समय मै राहत प्रदान गर्न डिभिजन वन कार्यालयबाट विशेष पहल गर्ने, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नेपाल सरकारले जारी गरेको "सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने कार्यविधि, २०७५" को प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने साथै महालेखा परिक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा औंल्याईएका सुझावहरूलाई सबै कार्यालयहरूले अक्षरशः पालना गर्ने, पेश्की फर्छ्यौट वा पेश्की बेरूजुलाई कम गर्न कार्यालय प्रमुखले विशेष पहल गर्ने र नजिकिदै गरेका चाडपर्वहरूलाई समेत ध्यानमा राखी सबै स्थानीय तहहरूले आ-आफ्ना क्षेत्रहरूका सडकहरू सहज रूपमा आवागमन हुने तवरले सञ्‍चालन गर्ने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरूले आवश्यक समन्वय गरी सहजीकरण गर्ने निर्णय गरियो ।  

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .