2076-02-29
2076-02-29
तस्बिर :
आज मिति २०७६।०२।२९ गते जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजना तथा कारागार कार्यालय, अर्घाखाँचीको समन्वयमा बन्दीहरूको लागि एक महिने सीप विकास तालिम सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले उद्घाटन गर्नु भएको उक्त सीप विकास तालिम अन्तर्गत पुरुष बन्दीहरूका लागि एक महिने बासका कलात्मक सामग्री बनाउने र महिला बन्दीहरूका लागि हाते बुनाई होजियरी तालिम सञ्चालन गर्न लागिएको छ । उक्त तालिममा २० जना बन्दीले तालिम लिइरहेका छन् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .