Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन सप्ताहव्यापी कार्यक्रम सम्पन्न

2076-03-11

2076-03-11


IMG_20190626_070508.jpg तस्बिर :

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा जिल्ला आयोजक समिति अर्घाखाँचीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन मिति २०७६/०३/११(जुन २६ २०१९) बिहान ७ बजे जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अर्घाखाँची उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, पत्रकार, उद्योग व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य सहभागितामा प्लेकार्ड र ब्यानर सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। स्थानीय शान्ती बगैंचाबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रमा गरी पुन शान्ती बगैंचामा आई संक्षिप्त सभामा परिणत भएको थियो । संक्षिप्त सभामा पत्रकार महासंघका अध्यक्ष श्री हिम लेकाली, अर्घाखाँची अस्पतालका प्रमुख डा. श्री जगन्नाथ तिवारी, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख श्री पिताम्बर भुसाल, कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेले लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला आयोजक समितिका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी श्री विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-19 13:27:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .