Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीहरु र सञ्‍चारकर्मीहरु वीच अर्न्तक्रिया कार्यक्रम सम्पन्न

२०७५-०९-२३ २०७५-०९-२३

002.jpg तस्बिर :

आज मिति २०७५।०९।२३ गते जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजनामा जिल्ला स्थित सार्वजानिक निकायका सूचना अधिकारीहरु र सञ्‍चारकर्मीहरु वीच एक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा कर्मचारी मिलनकेन्द्र, अर्घाखाँचीको सभाहलमा सम्पन्न उक्त अर्न्तक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका विविध विषयमा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासे र सूचना तथा सु-शासन अभियान, CIG का अध्यक्ष एंव सूचनाको हकका अभियान्ता श्री मुक्तिनाथ भुसालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि.सी. (लेकाली) ले समेत मन्तव्य राख्नुभएको थियो । उक्त अर्न्तक्रियामा अर्घाखाँची जिल्लामा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनको विद्यमान अवस्था, चुनौती, समस्या र आगामी कार्य जिम्मेवारी सम्बन्धमा सगर्व एफ.एम. का स्टेशन म्यानेजर गणेश खनाल, रेडियो मालारानीका स्टेशन म्यानेजर नविन के.सी., कान्तिपुर दैनिकका उपसम्पादक विरेन्द्र के.सी., पत्रकार बसन्त श्रेष्ठ (छापेली), नेपाल पत्रकार महासंघ प्रदेश सदस्य शोभाखर पन्थी, कान्तिपुर टि.भी. का सम्वाददाता रुद्रमणी भुसाल, भुमिकास्थान नगरपालिकाका सूचना अधिकारी हरिशचन्द्र भुसाल, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी राम बहादुर रायमाझी लगायतका सहभागीहरुले आ-आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।  

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .