Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संविधान दिवस २०७५ मा गरिएका कार्यक्रमहरू

२०७५-०६-०४ २०७५-०६-०४

संविधान दिवस २०७५ मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्मा भुसालज्यूको संयोजकत्वमा जिल्ला स्थित प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्यहरू, जि.स.स. पदाधिकारीहरू, जिल्ला सदरमुकाम स्थित नगरपालिका प्रमुख एवं पदाधिकारीहरू, प्रमुख जिल्ला अधिकारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, अन्तर पार्टी महिला सञ्‍जाल, राष्ट्रिय सेवा दल, विभिन्न संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी, व्यापारी, पत्रकार, क्याम्पस र विद्यालयका प्रमुख तथा नागरिक समाज रहेको संविधान दिवस मूल समारोह जिल्ला समिति गठन गरी संविधान दिवस २०७५ लाई भव्य रूपले मनाउने सन्दर्भमा २०७५ असोज २, ३ र ४ गते देहायका कार्यक्रमहरू सम्पन्न गरी संविधान दिवस मनाईयो ।

  1. असोज २ गते विहान सबै कार्यालयहरूद्वारा आ-आफ्नो कार्यालय परिसरभित्र सर-सफाई कार्यक्रम सम्पन्न गरियो ।
  2. जि.स.स. प्रमुखज्यूको नेतृत्वमा ११ सदस्यीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार समेतको टोली र प्रमुख अधिकारीज्यूको नेतृत्वमा ११ सदस्यीय राष्ट्रसेवक कर्मचारीहरूको टोली बीच असोज २ गते बेलुका ४:३० बजेदेखि ६ बजेसम्म मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरियो । सो को संयोजन जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष श्री सिद्धि प्रसाद भुसालले गर्नु भएको थियो । साथै सो फुटबल प्रतियोगितामा राष्ट्र सेवकको टोलीले जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार समेतको टोलीमाथि ३-१ को गोलले बिजय प्राप्त गरेको थियो ।
  3. उद्योग वाणिज्य संघको व्यवस्थापनमा २ गते सांझ ६:३० बजे देउराली जीप व्यवसायी समितिको कार्यालय अगाडीको चोक र शान्ति बगैचाको चोकमा दिपावली सम्पन्न गरियो ।
  4. असोज २, ३ र ४ गते साँझ सबै कार्यालय, संघ/संस्था तथा आम नगरबासीहरूले घर-घरमा दिपावली गरी संविधान दिवस २०७५ मनाईयो ।
  5. असोज ३ गते विहान ७:३० बजे शान्ति बगैचामा जि.स.स. पदाधिकारीहरू, जिल्ला सदरमुकाम स्थित नगरपालिका प्रमुख एवं पदाधिकारीहरू, प्रमुख जिल्ला अधिकारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, अन्तर पार्टी महिला सञ्‍जाल, राष्ट्रिय सेवा दल, विभिन्न संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी, व्यापारी, पत्रकार, क्याम्पस र विद्यालयका प्रमुख, शिक्षक तथा विद्यार्थीहरू र नागरिक समाज समेतको टोली भेला भई प्रभातफेरी सम्पन्न गरी जिल्ला सभागृहमा पाणिनी साहित्यिक प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष माधव राज चुंदालीको संयोजनमा प्रवचन कार्यक्रम एवं पूर्व साहित्यिक रचना वाचनको कार्यक्रम सम्पन्न भयो ।
  6. असोज ४ गते विहान ८ बजे जिल्ला अस्पतालमा रहेका विरामीहरूलाई फलफूल वितरण जिल्ला समन्वय समितिको कार्यालयको व्यवस्थापनमा सम्पन्न गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .